०३ साउन २०८३, आइतबार

जोखिमको अवस्था मूल्याङ्कन गरेर मात्रै सवारीसाधन चलाउन दिइने

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

काठमाडौँ: सरकारले बाढी, पहिरो तथा डुबानजस्ता मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जोखिमको अवस्था मूल्याङ्कन गरेरमात्रै प्रभावित जिल्लामा सवारीसाधन चलाउन दिने भएको छ ।

देशका २१ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको हो । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित पहिरो र बाढीको उच्च जोखिम रहेका सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय नागरिकको सुरक्षालाई ध्यानमा राखेर गरिएको बताउनुभयो । “जोखिमको अवस्थालाई मध्यनजर गर्दै पहिरो जाने सम्भावना भएका जिल्लामा सवारीसाधन सञ्चालन नगर्न आग्रह गरेका थियौँ”, निमित्त कार्यकारी प्रमुख कोइरालाले भन्नुभयो, “आज पनि मौसम र सडकको वास्तविक अवस्था मूल्याङ्कन गरेरमात्रै सवारी सञ्चालन खुला गरिनेछ ।”

निमित्त कार्यकारी प्रमुख कोइरालाका अनुसार सुरक्षा निकाय, स्थानीय प्रशासन र सडक विभागसँग निरन्तर समन्वय भइरहेको छ । जोखिम घटेको पुष्टि भएपछि मात्रै राजमार्ग तथा अन्य सडकमा सवारी सञ्चालन गर्न अनुमति दिइनेछ । प्राधिकरणले सर्वसाधारणलाई मौसम तथा सडकसम्बन्धी आधिकारिक सूचना पछ्याएरमात्रै यात्रा गर्न, जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवागमन नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206