०३ साउन २०८३, आइतबार

तस्करी नियन्त्रणमा झापा प्रहरीलाई ठूलो सफलता, एक वर्षमा ५ करोड अवैध बढीको सामान बरामद

Logo
Pulse Khabar आइतबार, साउन ०३, २०८३

भद्रपुर (झापा): जिल्ला प्रहरी कार्यालय झापाले आर्थिक वर्ष २०८२÷८३ मा रु पाँच करोड बढीका अवैध सामान बरामद गर्दै तस्करी तथा अवैध उत्खनन नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणअनुसार गत आवमा जिल्लाका विभिन्न नाकाबाट भन्सार छली गरी ल्याइँदै गरेका रु पाँच करोड नौ लाख नौ हजार ३२१ बराबरका अवैध सामान बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रन्जन अवाका अनुसार बरामद गरिएका सामानमध्ये सबैभन्दा बढी रु एक करोड ४९(उनन्चास)  लाख ६१ हजार ६५० बराबरका सवारीसाधनका पार्टपुर्जा रहेका छन् । त्यसैगरी, रु ६५ लाख १५ हजार ५७ बराबरका लत्ताकपडा, रु ५२ लाख २४ हजार ५०० बराबरका किराना सामान, रु ८९(उनान्नब्बे)  लाख ८७ हजार ४० बराबरका बिडी, रु १२ लाख ६५ हजार ५०० बराबरका सुर्तीजन्य पदार्थ, रु २१ लाख ५७ हजार ९३०(नौ सय तीस) बराबरका विद्युतीय पार्टस्, रु तीन लाख २४ हजार ८० बराबरका कस्मेटिक सामग्री तथा रु एक करोड १४ लाख ७३ हजार ५६४ बराबरका अन्य विभिन्न अवैध सामान बरामद गरी भन्सार कार्यालय बुझाइएको सूचना अधिकारी अवाले बताउनुभयो ।

अवैध सामान ओसारपसारमा संलग्न २९ सवारीसाधन र सात जनालाई नियन्त्रणमा लिई कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206