विराटनगर: विराटनगरको महेन्द्र चोकस्थित पारस मल्टिस्पेसलिटी अस्पतालले आफ्नो विशेषज्ञ चिकित्सक टोलीलाई थप सुदृढ बनाउने क्रममा वरिष्ठ फिजिसियन डा। विमलेश यादवलाई अस्पतालमा भित्र्याएको छ।
शुक्रबार आयोजित एक स्वागत कार्यक्रममा अस्पतालले लामो अनुभव हासिल गरेका डा। यादवलाई औपचारिक रूपमा स्वागत गरेको हो। नवआगन्तुक डा। यादवलाई हस्पिटलका अध्यक्ष डा। सफिउर रहमान, प्रमुख कार्यकारी अधिकृत हेम नारायण मेहता, अस्पताल प्रबन्धक मो। सिफ्तैन रेजा र लेखा प्रमुख इमरान अन्सारीले स्वागत गरेका थिए।तीन वर्षभन्दा बढी समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि थप विशेषज्ञ चिकित्सकको आवश्यकता महसुस गर्दै डा। यादवलाई अस्पतालमा आबद्ध गरिएको अध्यक्ष डा। सफिउर रहमानले बताए। उनका अनुसार अनुभवी चिकित्सकमार्फत गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले डा। यादवलाई स्वागत गरिएको हो। अध्यक्ष डा। सफिउर रहमानले डा। यादवको आगमनले अस्पतालको स्वास्थ्य उपचार सेवा थप प्रभावकारी गुणस्तरीय र विश्वासिलो हुने विश्वास व्यक्त गरे। उनले पत्रकारहरू समाजमा सूचना प्रवाह गर्ने महत्वपूर्ण माध्यम भएकाले उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै निःशुल्क उपचार सेवा उपलब्ध गराउने व्यवस्था गरिएको बताए। साथै आर्थिक अभावका कारण उपचारबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यले आवश्यक मापदण्डका आधारमा विपन्न तथा असहाय बिरामीलाई पनि निःशुल्क उपचार सेवा प्रदान गरिने जानकारी दिए ।
अस्पताल प्रशासनका अनुसार दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि र सेवामुखी कार्यशैलीमार्फत बिरामीलाई सहज, भरपर्दो र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने लक्ष्यका साथ विशेषज्ञ चिकित्सकको टोली विस्तार गर्ने अभियानलाई निरन्तरता दिइनेछ।अस्पतालले अनुभवी चिकित्सक, अत्याधुनिक उपकरण र सेवा विस्तारमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। आन्तरिक चिकित्सा, विशेषज्ञ परामर्श, आकस्मिक सेवा लगायतका सेवालाई अझ प्रभावकारी, सहज र बिरामीमैत्री बनाउँदै लैजाने अस्पतालको योजना रहेको जनाएको छ।त्यस्तै, वरिष्ठ फिजिसियन डा। विमलेश यादवले पारस हस्पिटलमार्फत बिरामीहरूलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए। दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगमार्फत बिरामीको विश्वास जित्दै अगाडि बढ्ने अस्पताल प्रशासनले जनाएको छ। साथै अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकार तथा आर्थिक रूपमा विपन्न र असहाय बिरामीलाई निःशुल्क उपचार सेवा उपलब्ध गराउने निर्णयसमेत सार्वजनिक गरेको छ ।




