३२ आषाढ २०८३, बिहिबार

सरकारको नयाँ नियम कार्यान्वयन : निजी विद्यालयको शुल्कमा भोलिदेखि ३ प्रतिशत ‘शिक्षा समता शुल्क’ लाग्ने

Logo
Pulse Khabar बिहिबार, आषाढ ३२, २०८३

काठमाडौं: सरकारले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीको शुल्कमा ३ प्रतिशत थप ‘समता शुल्क’ भोलि (शुक्रबार) देखि कार्यान्वयनमा ल्याउँदै छ ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको यो व्यवस्थाले देशभरका करिब ९(नौ) हजार निजी विद्यालयमा पढ्ने २६ लाखभन्दा बढी विद्यार्थीका अभिभावकलाई थप आर्थिक भार पर्नेछ ।बजेटमा समता शुल्क राखिएपछि सरकारकाे चर्काे आलाेचना भएकाे थियाे । तर, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसलाई ‘प्रगतिशील कर’ भएकाे बताउँदै आएका छन् । समता शुल्कबाट संकलित रकम दुर्गमका दलित बालबालिकाको शिक्षा र पोषणमा खर्च गरिने उनले बताएका छन् ।

शिक्षालाई निःशुल्क गर्ने संवैधानिक हकविपरीत सरकारले थप कर थोपरेको भन्दै अभिभावक र सरोकारवालाहरूले विरोध गरिरहेका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206