३१ आषाढ २०८३, बुधबार

Logo
Pulse Khabar बुधबार, आषाढ ३१, २०८३

काठमाडौं :अविरल वर्षाका कारण देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको छ ।

मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो ।२२ वटा जिल्लाका नदी र खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले बताएको छ ।पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, भोजपुर, खोटाङ, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ भएर बग्ने नदी तथा खोलामा बहाव उल्लेख्य बढ्नेछ ।लम्जुङ, कास्की, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, पर्वत, प्युठान, दाङ र आसपासका जिल्ला भएर बग्ने ससाना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागले बताएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभाग र मधेस प्रदेश तथा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।राति कोशी प्रदेशको पहाडी भूभाग तथा कोसी र लुम्बिनी प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206