३१ आषाढ २०८३, बुधबार

देशभर मनसुनी वायु सक्रिय: कोशीसहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Logo
Pulse Khabar बुधबार, आषाढ ३१, २०८३

काठमाडौं:देशभर मनसुनी वायु सक्रिय रहेकाले आज (बुधबार) विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।महाशाखाका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा चट्याङसहित वर्षा हुने सम्भावना छ । ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ । विशेषगरी कोशी प्रदेशको पहाडी भू–भाग तथा कोशी र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206