२० मंसिर २०८२, शनिबार

बेलबारीमा कुकुर ११ जनालाई टोक्यो, रेविज लागेको आशंकामा गाउँ नै आतंकित

Logo
Pulse Khabar बिहिबार, आषाढ २७, २०८१

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा एउटा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । ११ जना सर्वसाधारण र चारवटा कुकुरलाई टोकेपछि आतंकको अवस्था सृजना भएको हो ।

आज बिहान नगरपालिकाको १ र ३ नम्बर वडाको सीमा क्षेत्रमा एउटै कुकुरले सर्वसाधारणलाई टोक्दै हिडेपछि केहीबेर सो क्षेत्र आतंकीत भएको थियो ।

बेलबारी नगरपालिकाका पशु विभाग शाखाका प्रमुख बाबुराम बस्नेतले एकैदिन ११ जनालाई सर्वसाधारण र ४ वटा कुकुरलाई टोकेको जानकारी दिनु भयो ।

घटनापछि घाइतेहरुलाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको उहाँले बताउनु भयो । जथाभाबी टोक्दै हिड्ने कुकुर बहुलाएको हुन सक्ने उहाँले आशंका व्यक्त गर्नुभयो ।

रेविज लागेर बौलाउदै हिड्दा कुकुरले जथाभाबी झम्टिने र टोक्ने भन्दै उहाँले रेविज लागेको हुन सक्ने आशंका गरेको बताउनुभयो । तर घटना लगत्तै कुकुरलाई मारेको हुँदा निगरानी गर्न नसकिएको उहाँले बताउनुभयो ।

त्यसैगरि, नगरपालिका प्रवक्ता तथा वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर राईले घाइते मध्ये ५ जना बृद्धबृद्धा रहेको जानकारी दिनु भयो ।

बेलबारी–३ की ८५ वर्षीया धनमाया मगर, ८५ वर्षीय पदमबहादुर घिसिङ, उनकी श्रीमती ८० वर्षीया सावित्री घिसिङ, ६२ वर्षीय दिलबहादुर गुरुङ, बेलबारी–१ का ७१ वर्षीय तुलसीप्रसाद दाहाल, ५३ वर्षीय तिलकबहादुर श्रेष्ठ, ४५ वर्षीय फिबुनन्द लावती, ३४ वर्षीय हरिचन्द्र कार्की, ३३ वर्षीय मिलन राईलगायतलाई कुकुरले टोकेको हो ।

कुकुरले मुख, हात, खुट्टामा टोकेको र उहाँहरुको शरीरको विभिन्न भागमा चोट रहेको छ ।  अर्कोतर्फ भुस्याहा कुकुरले टोकेको गाउँका अन्य कुकुरको व्यवस्थापनका लागि नगरप्रहरीसहितको टोली परिचालन गरिएको थियो ।

नगरपालिकाबाट खटिएको टोलीले भुस्याहा कुुकुरले टोकेको सबै कुकुरलाई रेबिजविरुद्धको भ्याक्सिन लगाएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206