२५ जेठ २०८२, आइतबार

कुखुरा फार्ममा सञ्चालकको हत्या, दुई जना फरार

Logo
Pulse Khabar बिहिबार, आषाढ २७, २०८१

विराटनगर । मोरङको सुन्दरहरैँचामा कुखुरा फर्मभित्र विभत्स अवस्थामा पुरुषको शव भेटिएको छ ।

बिहीबार बिहान सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताउनुभयो । कुखुरा फार्म सञ्चालन गरिरहेका बजगाईंको हत्या भएको हो ।

घर नजिकै कुखुरा फर्म सञ्चालन गर्दै आएका बजगाईंको त्यही फार्मभित्र आज विहान करिब साढे १० बजे शव फेला परेको डीएसपी बस्नेतको भनाइ छ । प्रहरीका अनुसार बजगाईंको टाउको क्षतविक्षत अवस्थामा भेटिएको छ भने शरीरका अन्य भागमा चोट देखिएको छ ।

बजगाईंको खुकुरा फार्ममा काम गर्नका लागि पति–पत्नी बसेका थिए । घटनापछि दुई जना नै फरार रहेको प्रहरीले जनाएको छ । हत्या फर्मभित्रै भएको र काम गर्ने व्यक्ति पनि फरार रहेका कारण हत्यामा कामदारको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ ।

घटनास्थलमा रगत लतपतिएको अवस्थामा एउटा बन्चरो र दाउरा फेला परेको छ । मृतकको शरीरमा पनि बन्चरो र दाउले प्रहार गरेजस्तो चोट देखिएको छ । हत्यामा संलग्नको खोजी भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206