२९ आषाढ २०८३, सोमबार

बुढीखोलामा प्रहरीको सक्रियता: लागुऔषधसहित मोरङका दुई युवा नियन्त्रणमा

Logo
Pulse Khabar सोमबार, आषाढ २९, २०८३

विराटनगर : सुनसरीको दुहबी नगरपालिका–४ मालहट्टीस्थित बुढीखोलाको पुलबाट मोरङ घर भएका दुई जना युवा पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय दुहबी र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले मोरङको धनपालथान गाउँपालिका–१ नोचाका २५ वर्षीय जमालउद्धिन मियाँ र २५ वर्षीय इमदाद मियाँलाई पक्राउ गरेको हो । आइतबार राति ८ बजेतिर पक्राउ परेका उनीहरुको साथबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार १०७ ग्राम ४ सय ५० मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । इलाका प्रहरी कार्यालय दुहबीको हिरासतमा राखिएका दुवै जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दामा अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ । इन्स्पेक्टर शिवराम थापा नेतृत्वको टोलीले विस्तृतमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206