२८ आषाढ २०८३, आइतबार

भारतीय विमानस्थल प्रयोग गरेर श्रमिक पठाउने १५९(एक सय उनान्सठ्ठी) म्यानपावर कारबाहीमा

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

काठमाडौं: भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने १५९(एक सय उनान्सठ्ठी) म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागले कारबाही गरेको छ ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरित कार्य गरेको ठहर गर्दै सचेत गराउने कारबाही गरेको हो ।विभागका अनुसार वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्ने इजाजतप्राप्त संस्थाले स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था पालना भए नभएको विषयमा अध्ययन तथा अनुगमन गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरिएको थियो ।

सञ्चालनमा रहेका एक हजार ११७ इजाजतप्राप्त संस्थामध्ये ६७८ संस्थाले मात्रै माग गरिएको विवरण बुझाएका थिए । विवरण बुझाएका संस्थामध्ये १५९(एक सय उनान्सठ्ठी) संस्थाले विभागको स्वीकृतिबिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको हाे ।विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने ४३९(चार सय उनन्चालीस) वटा म्यानपावर कम्पनीलाई पनि वैदेशिक रोजगार ऐनको दफा ३७ उल्लंघन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206