२८ आषाढ २०८३, आइतबार

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा प्रवेश: लालबन्दीबाट अघि बढ्यो न्याय मार्च

Logo
Pulse Khabar आइतबार, आषाढ २८, २०८३

जनकपुर: जनकपुरबाट मिटरब्याज पीडितहरूले सुरु गरेको ‘पैदल न्याय मार्च’ चौथो दिनमा प्रवेश गरेको छ । जनकपुरबाट असार २५ गतेदेखि सुरु भएको यो यात्रा आज चौथो दिन सर्लाहीको लालबन्दीबाट काठमाडौँतर्फ अघि बढेको हो ।

राज्यलाई ब्युँझाउन र आफ्ना जायज हकअधिकार स्थापना गर्नका लागि यो पैदल यात्रा सुरु गरिएको आयोजकहरूले जनाएका छन् ।न्यायको खोजीमा निस्किएका सयौँको सङ्ख्यामा रहेका पीडितले दैनिक २० देखि २६ किलोमिटरसम्म पैदल यात्रा गरिरहेका छन् । आफ्ना मागहरू पूरा नभएसम्म र काठमाडौँ नपुगेसम्म यो यात्रा कतै पनि नरोकिने आयोजकहरूले बताएका छन् । यो पैदल टोली करिब एक साताभित्र सङ्घीय राजधानी काठमाडौँ आइपुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206