२७ आषाढ २०८३, शनिबार

कोशी अस्पतालको जग्गामा ‘डोजर’काे त्रास: व्यवसायी आफैँले खाली गर्न थाले भाडाका सटर

Logo
Pulse Khabar शनिबार, आषाढ २७, २०८३

विराटनगर:कोशी अस्पताल विराटनगरको स्वामित्वमा रहेको जग्गामा अन्य संस्थाले बनाएका संरचना हटाउन सोमबार डोजर चल्ने चेतावनीपछि व्यवसायीहरूले धमाधम सटर खाली गर्न थालेका छन् ।

अस्पताल प्रशासनले सात दिने अल्टिमेटम दिएर संरचना भत्काउने चेतावनी दिएपछि शनिबारदेखि नै सटरहरू खाली गर्न थालेका हुन् ।विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको बहुमूल्य जग्गामा नेपाल रेडक्रस सोसाइटी(ब्लड बैंक), नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना निर्माण गरेका छन् । ती संस्थाले ३० भन्दा बढी सटर बनाएर तेस्रो पक्षलाई भाडामा लगाएका थिए । अस्पतालले आफ्नो गुरुयोजना अनुसार काम अघि बढाउन ती संरचना खाली गर्न ताकेता गर्दै आएको थियो ।अस्पतालको जग्गा मिचेर बनाइएका संरचना खाली गर्न गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले स्थलगत अनुगमन गर्दै निर्देशन दिएका थिए । मन्त्रीद्वयको निर्देशन लगत्तै अस्पताल प्रशासनले सात दिनभित्र संरचना खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

सूचनाको समयसीमा सोमबार सकिँदैछ । अस्पतालको अभिलेख अनुसार नेपाल क्षयरोग निवारण संस्थाले ६ कट्ठा ८ धुर जग्गा वर्षौंदेखि प्रयोग गर्दै आएको छ । त्यस्तै, नेपाल रेडक्रस सोसाइटीले करिब दुई कट्ठा जग्गामा संरचना बनाएर भाडामा लगाएको छ । गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले पनि सडक मोहडामा सटरहरू निर्माण गरी व्यावसायिक सञ्चालन गरिरहेका थिए ।अस्पतालले ती सबै संरचना हटाएर आफ्नै प्रयोजनका लागि जग्गा उपयोग गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206