२७ आषाढ २०८३, शनिबार

विपद् पूर्वतयारी तीव्र: सुरक्षा निकायलाई साढे २ करोड बढीका उद्धार उपकरण हस्तान्तरण

Logo
Pulse Khabar शनिबार, आषाढ २७, २०८३

हेटौँडा: बागमती प्रदेश सरकारले विपद्को पूर्वतयारीलाई सुदृढ बनाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई रु दुई करोड ४७ लाख १२ हजार ३१० बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली सेनालाई रु ७५ लाख ६२ हजार ३००, नेपाल प्रहरीलाई रु ५४ लाख ६६ हजार ४८८ र सशस्त्र प्रहरी बललाई रु एक करोड १६ लाख ८३ हजार ५२२ बराबरका विपद् पूर्वतयारीका सामग्री उपलब्ध गराउनुभयो । हस्तान्तरण गरिएका सामग्रीमा अत्याधुनिक ड्रोन तथा बाढीबाट उद्धारका लागि आवश्यक उपकरण समावेश छन् ।यसअघि मुख्यमन्त्री बानियाँले वर्षाजन्य तथा अन्य विपद्को पूर्वतयारी, राहत सामग्री व्यवस्थापन र सुरक्षा संयन्त्रको उच्च सतर्कताबारे नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका अधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।सो अवसरमा उहाँले वर्षा सुरु भएसँगै बाढी, पहिरो, डुबान तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै प्रदेश सरकारले विपद् पूर्वतयारीलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो ।

मुख्यमन्त्री बानियाँले विगतका विपद्बाट प्राप्त अनुभवका आधारमा सम्भावित जोखिमको पूर्वानुमान, राहत सामग्रीको व्यवस्थापन, सूचना प्रणालीको समन्वय र सुदृढीकरण तथा उद्धार संयन्त्रलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।उहाँले प्रदेशभरका सम्भावित बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रको अध्ययन भइरहेको जानकारी दिँदै विपद् व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो। प्रदेशभित्रका गाउँपालिका र नगरपालिकाबीच सूचना आदानप्रदानलाई व्यवस्थित बनाइने पनि उहाँले जानकारी दिनुभयो ।बागमती प्रदेश सरकारले नुवाकोट र हेटौँडा उपमहानगरपालिकाको थानाभ¥याङमा विपद् व्यवस्थापनका लागि आवश्यक राहत सामग्री तथा उपकरण भण्डारण गरिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206