२४ आषाढ २०८३, बुधबार

भान्सामै सर्पको डसाइ: झापामा एक महिलाको मृत्यु

Logo
Pulse Khabar बुधबार, आषाढ २४, २०८३

विराटनगर :झापाको कमल गाउँपालिकामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ ।

कमल गाउँपालिका–३ बस्ने ४० वर्षीया सरस्वती मगर लिम्बुको सर्प डसाइबाट ज्यान गएको हो ।असार २२ गते साँझ आफ्नै घरको भान्सा कोठामा खाना पकाउँदै गर्दा सरस्वतीलाई गोमन सर्पले टोकेको थियो । सर्पले टोकेलगत्तै उनलाई उपचारका लागि नेपाल रेडक्रस सोसाइटी दमकद्वारा सञ्चालित सर्पदंश उपचार केन्द्रमा पुर्‍याइएको थियो ।इलाका प्रहरी कार्यालय दमकका अनुसार उपचारकै क्रममा राति १०:४० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।वर्षायाममा सर्पको जोखिम बढ्ने भएकाले सचेत रहन प्रहरीले आग्रह गरेको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206