२३ आषाढ २०८३, मंगलबार

देशका २४ जिल्लामा बाढीको चेतावनी: यी नदी र खोला आसपासका बासिन्दालाई उच्च सतर्कता

Logo
Pulse Khabar मंगलबार, आषाढ २३, २०८३

काठमाण्डौ — आज ललितपुरसहित २४ जिल्ला र आसपासका क्षेत्रमा बाढीको मध्यम जोखिम छ ।

इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, कास्की, स्याङ्जा, तनहुँ, रोल्पा, सल्यान, रुकुम–पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, डोटी, अछाम, डडेल्धुरा, बैतडी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।काठमाण्डौ उपत्यकाभित्र ललितपुरमा बाढीको मध्यम जोखिम छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशका साथै लुम्बिनी प्रदेशको तराईका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ । आज राति पनि मधेश तथा कोशी प्रदेशको पहाडी र तराईको थोरै ठाउँ र गण्डकी प्रदेशको पहाड र तराईको एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206