२५ जेठ २०८२, आइतबार

मनसुन यता विपत्तिमा परेर ४७ जनाको मृत्यु

Logo
Pulse Khabar शुक्रबार, आषाढ २१, २०८१

काठमाडौं । नेताहरु सत्ताको लुछाचुडीमा रहदाँ जनता भने मनसुनमा ज्यान जोगाउन तड्पि रहनु पर्ने अवस्था देखिएको छ । सत्ता राजीनितमा उथलपुथल र तछाँड मछाँड भइरहँदा मनसुन सुरु भएसँगै विपद्मा परेर ४७ जनाको मृत्यु भएको छ ।

तर जिल्लै पिच्छे भएका घटनाहरु भइरहेको भएपनि सरकारले उद्धार राहत र प्रतिकार्य तथा पूर्वतयारी भन्दा पनि सत्ता जोगाउने खेलमै मस्त भएको झै लाग्ने गरेको छ ।

नयाँ वर्षदेखि यता हालसम्म ५५ वटा बाढीको घटनाबाट ४ जनाको मृत्यु, १ जना बेपत्ता र दुई जना घाइते भएका छन् । पहिरोबाट २४ जनाको मृत्यु र १९ जना घाइते भएको भए ।

यस्तै ७७ ठाउँको भारी वर्षाका घटनाबाट ४ जना घाइते भएका छन् । बाढी र पहिरोबाट मात्रै २८ जनाको मृत्यु भयो । एक जना बेपत्ता र २५ जना घाइते भए । ४६ घर पूर्ण क्षति र ३६ घर आंशिक क्षति भएको छ ।

३२ जिल्लामा भएको ९३ वटा चट्याङका घटनामा १९ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएका छन् ।

शुक्रबार राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले यो जानकारी दिनुभएको हो ।

मन्त्री अर्यालले विपद् व्यवस्थापनको लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८१ तयार भइ कार्यान्वयनमा ल्याइएको बताउनु भयो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206