२२ आषाढ २०८३, सोमबार

मुन्दुम पदमार्गमा ‘सगरमाथा वृक्षरोपण महाअभियान’, पर्यटन प्रवर्द्धन गर्न लालीगुराँस रोपण

Logo
Pulse Khabar सोमबार, आषाढ २२, २०८३

भोजपुर: सगरमाथा वृक्षरोपण महाभियानअन्तर्गत भोजपुरको पर्यटकीय तथा धार्मिक महत्त्वको मुन्दुम पदमार्ग क्षेत्रमा लालीगुराँसका बिरुवा रोपिएको छ ।

हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन विकासलाई टेवा पु¥याउने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो । गाउँपालिकाका अनुसार पछिल्लो समय मुन्दुम पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । पदमार्गलाई थप हरियालीयुक्त, आकर्षक र वातावरणमैत्री बनाउने लक्ष्यसहित लालीगुराँस रोपिएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । उहाँका अनुसार नेपालको राष्ट्रिय फूलसमेत रहेको लालीगुराँसको संरक्षण र विस्तारले जैविक विविधतासँगै स्थानीय सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउन सहयोग पुग्नेछ । आइतबार आयोजित वृक्षरोपण कार्यक्रममा गाउँपालिका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, प्रमुख जिल्ला अधिकारी राजन पौडेल, डिभिजन वन कार्यालय भोजपुरका प्रमुख खुद्रुस मिया तथा विभिन्न सरकारी निकाय र स्थानीय समुदायका प्रतिनिधिको सहभागिता थियो । सहभागीहरूले संयुक्त रूपमा लालीगुराँसका बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् ।

डिभिजन वन कार्यालय भोजपुरले उपलब्ध गराएका ५०० वटा लालीगुराँसका बिरुवामध्ये पहिलो चरणमा १०० वटा रोपिएको कार्यालय प्रमुख खुद्रुस मियाले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी ४०० वटा बिरुवा गाउँपालिकाको समन्वय र स्थानीय समुदायको सहभागितामा चखेवा क्षेत्रमा चरणबद्ध रूपमा रोपिनेछ । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष बस्नेतले वातावरण संरक्षण, जलवायु परिवर्तनका असर न्यूनीकरण तथा जैविक विविधताको संरक्षणमा वृक्षरोपणको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । उहाँले रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण र व्यवस्थापनका लागि स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिनुभयो ।प्रमुख जिल्ला अधिकारी पौडेलले यस्ता अभियानले स्थानीय तह, वन कार्यालय र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने उल्लेख गर्दै दिगो विकासका लागि सामूहिक प्रयास अपरिहार्य रहेको बताउनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206