
विराटनगर । अंग्रेजी माध्यमबाट अध्यापन सुरु गरेर राम्रो नतिजा ल्याउने भनिएका विराटनगरका नाम चलेका सामुदायिक विद्यालय मध्ये विराटनगरका पोखरिया मावि, आदर्श मावि र सत्यनारायण माविले यस वर्ष शतप्रतिशत नतिजा हासिल गर्न सकेनन् ।
विभिन्न नीजि विद्यालयमा अध्ययनरत विद्यार्थीलाई भर्ना लिएर अंग्रेजी माध्यमको अध्यापन सुरु गरेका यी विद्यालयमा वर्षेनी नीजि विद्यालयका विद्यार्थी भर्ना हुने गरेका छन् ।
अभिभावकले खर्च वचत गर्न होस या सामुदायिक विद्यालयको सर्टिफिकेटको महत्व हुन्छ भन्ने प्रचारले होस वर्षेनी सयौं विद्यार्थी नीजि छाडेर यीनै नाम चलेका विद्यालयमा जाने गरेका छन् ।
तर नतिजाले भने अभिभावकको आशालाई निराशामा परिणत गर्ने देखिन्छ ।यस वर्षको नतिजा हेर्ने हो भने आदर्श माविबाट ३ सय ७९ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । ति मध्ये ८४ जना विद्यार्थीले एन जी अर्थात अनुत्तीर्ण हुन पुगे ।
आदर्शका ७७ दशमलव ७७ प्रतिशत विद्यार्थी उत्तिर्ण हुँदा २२ दशमलव २३ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सकेनन् ।
यस्तै पोखरिया का ४ सय २९ जना विद्यार्थीले एसईई परिक्षा दिएका थिए । ति मध्ये ९४ जना विद्यार्थी अनुत्तीर्ण हुन पुगे ।
२१ दशमलव ९४ प्रतिशत विद्यार्थीले एन ल्याएपछि आदर्शको नतिजा ७८ दशमलव ०६ प्रतिशतमा मात्र देखियो ।
यस्तै विराटनगरकै सत्यनारायण माविका ३२५ विद्यार्थीले एसईई परिक्षा दिएकोमा ९० जना अनुत्तीर्ण हुन पुगे ।
जसको नतिजा प्रतिशतमा ७२ प्रतिशत उत्तिर्ण र २८ प्रतिशत अनुत्तीर्ण रह्यो । यस्तै संस्थागत (नीजि) विद्यालयतर्फ एभरेष्ट र सगरमाथाले शतप्रतिशत नतिजा हासिल गर्दा विराटनगरकै नाम चलेको बिकेभीएम र सेन्ट जोसेफ स्कुललाई समेत यस पटक झड्का लाग्यो । बिकेभीएमका २ सय ६१ विद्यार्थीले एसईई परीक्षामा भाग लिँदा ५ जनाले एन जी ल्याए ।
जसका कारण शतप्रतिशत नतिजा ल्याउने आशा गरेको बिकेभीएमको नतिजा ९७ दशमलव ७ प्रतिशत मात्र हुन पुग्यो । यस्तै विराटनगरकै सेन्ट जोसेफ स्कुलबाट ८८ जनाले परिक्षा दिएकोमा १३ जनाले एन जी ल्याए ।
यो नतिजा हेर्दा ८५ दशमलव २२ प्रतिशत विद्यार्थी पास भएका छन । सगरमाथाबाट १०७ जनाले एसईई परिक्षा दिएका थिए भने एभरेष्टबाट २१२ जना परीक्षामा सहभागि थिए । यी दुई विद्यालयले भने शतप्रतिशत नतिजा ल्याउन सफल भएका हुन् ।