२१ आषाढ २०८३, आइतबार

बिराटनगरमा तीन दिने सामुदायिक रेडियोकर्मी क्षमता विकास तालिम सम्पन्न

Logo
Pulse Khabar शनिबार, आषाढ २०, २०८३

बिराटनगर : सामुदायिक रेडियोमार्फत गुणस्तरीय र प्रभावकारी सञ्चार सेवा प्रवाह गर्ने उद्देश्यले बिराटनगरमा आयोजित तीन दिने सामुदायिक रेडियाकर्मीहरूको क्षमता विकास तालिम सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कोशी प्रदेशको समन्वय तथा विराट मिडिया टाइम्स प्रालिको आयोजनामा सम्पन्न तालिममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सञ्सचारकर्मीहरुकाे सहभागिता रहेको थियो।तालिममा समाचार लेखन तथा सम्पादन, रेडियो कार्यक्रम उत्पादन, उद्घोषण कला, सञ्चार आचारसंहिता, विपद् तथा संवेदनशील विषयको जिम्मेवार सञ्चार, डिजिटल सञ्चार प्रविधिको प्रयोग लगायतका विषयमा प्रशिक्षण दिइएको थियाे ।प्रशिक्षकहरूले सामुदायिक रेडियोले स्थानीय जनताका आवाज, विकासका गतिविधि र जनसरोकारका विषयलाई प्रभावकारी रूपमा उठान गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताएका थिए।

तालिम समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आफ्नो कार्यक्षेत्रमा व्यवहारमा उतार्दै सामुदायिक रेडियोलाई अझ प्रभावकारी र जनउत्तरदायी बनाउन योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए। आयोजकका अनुसार यस्ता तालिमले प्रदेशभरका सामुदायिक रेडियोको संस्थागत क्षमता र सेवा प्रवाहलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।बिराट मिडिया टाइम्सका सञ्चालक अभिनास निधिकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल पत्रकार महासंघ काेशी प्रदेशका अध्यक्ष भरत खड्का,उपाध्यक्ष कुमाेद अधिकारी,महासचिव हिमा चेम्जोङ,सचिब अर्बिन्द मेहता,पत्रकार निलिफा सुब्बाले तालिममा आफ्नाे अनुभव सियर गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206