१९ आषाढ २०८३, शुक्रबार

विराटनगरबाट ठूलो परिमाणमा मल्टिभिटामिन नियन्त्रणमा : ३० लाख बढीको औषधि बरामद

Logo
Pulse Khabar शुक्रबार, आषाढ १९, २०८३

विराटनगर: सशस्त्र प्रहरी बलले विराटनगरबाट शुक्रबार ठूलो परिमाणमा मल्टिभिटामिन बरामद गरेको छ । ३० लाख ८४ हजार रूपैयाँ बराबरको मल्टिभिटामिन बरामद भएको हो ।

सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी गेहेन्द्रबहादुर भण्डारीले अलगअलग स्थानबाट मल्टिभिटामिन र खाद्यान्न तथा अन्य उपभोग्य सामग्री बरामद गरिएको जानकारी दिए । विशेष सूचनाको आधारमा सञ्चालन गरिएको अपरेशनका क्रममा अवैध मल्टिभिटामिन औषधि बरामद गरिएको उनको भनाइ छ ।सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण मुख्यालय कंकालिनी मोरङको टोलीले विराटनगर महानगरपालिका–१ स्थित सडक किनारमा लोड गर्न तयारी अवस्थामा राखिएको शंकास्पद सामान चेकजाँच गरेको थियो । जाँचका क्रममा कुनै वैधानिक कागजात बिना राखिएको बजार मूल्य ३० लाख ८४ हजार रुपैयाँ बराबरको मल्टिभिटामिन औषधि फेला परेको भण्डारीको भनाइ छ ।बरामद औषधिलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरिउको उनले बताए । त्यस्तै, विराटनगरको दरैया र मटेरूवाबाट खाद्यान्न तथा अन्य उपभोग्य सामग्रीसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुईवटा सिटी सफारीमा भारततर्फबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा डाल्डा घ्यू तथा २० प्याकेट पुटिन बरामद गरिएको जानकारी भण्डारीले दिए । उनका अनुसार ढुवानीमा प्रयोग गरिएका दुवै सिटी सफारी र सामानसहित ५ लाख २५ हजार रुपैयाँ बराबरको नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।सशस्त्र प्रहरी बलले पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध चोरीपैठारी, राजस्व छल्ने गतिविधि तथा भन्सार छलीका सामान ओसारपसार नियन्त्रण गर्न गस्ती र निगरानीलाई बढाएको छ । विशेष सूचनाका आधारमा सञ्चालन गरिएका अपरेशनबाट ठूलो परिमाणमा अवैध सामान बरामद हुन थालेको सशस्त्र प्रहरीको दाबी छ ।सशस्त्र प्रहरीले सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि स्थानीयसँग समेत सहकार्य गर्दै सूचना संकलनलाई प्रभावकारी बनाइएको उल्लेख गरेको छ । अवैध गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइने एसपी भण्डारीले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206