१९ आषाढ २०८३, शुक्रबार

झापामा आगलागी हुँदा ४२ लाखको क्षति

Logo
Pulse Khabar शुक्रबार, आषाढ १९, २०८३

झापा :झापाको मेचीनगर नगरपालिका–१४ दुवागढीमा शुक्रबार बिहान आगलागी हुँदा एक घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।

प्रहरीका अनुसार बिहान १०ः४५ बजे चुडामणि गुरागाईंको एकतले टिनको छानो र काठको बेराले बनेको चार कोठे घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरभित्र रहेका सुन, चाँदी, नगद, टेलिभिजन, दराज, पलङ, लत्ताकपडा तथा अन्य विभिन्न सामग्रीसहित घर पूर्ण रूपमा जलेर नष्ट हुँदा करिब ४२ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएन । स्थानीय, प्रहरी तथा मेचीनगर नगरपालिकाका दुईवटा दमकलको सहयोगमा बिहान ११ः४० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो ।आगलागीको कारण खुल्न सकेको छैन । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने जनाउँदै प्रहरीले घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206