२४ जेठ २०८२, शनिबार

एमालेसँग पार्टी फुटाउनु सहि थियो : अध्यक्ष नेपाल

Logo
Pulse Khabar शुक्रबार, आषाढ १४, २०८१

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको बताउनुभएको छ ।

शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा(एमाले)बाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको बताउनुभएको हो ।

उहाँले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताउनु भयो । उहाँले आफुहरुले मुलुकलाई सही दिशामा अगाडी बढाउन भुमिका निर्वाह गरेको भन्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताउनु भयो ।

उहाँले एमालेबाट विद्रोह नगरेको भए आफुहरु गल्लीमा भड्किइरहेको अवस्थामा हुने बताउनु भयो । उहाँले आफूहरुले आत्मसर्मपण नगरेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘विद्रोह बाहेक अर्को कुनै विकल्प थिएन । विद्रोह गरेर संविधान बचायौँ हामीले । विद्रोह गरेर राजनीतिक स्थिरता कायम ग¥यौँ । विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडी बढाउनका लागि भुमिका निर्वाह ग¥यौँ । अत्यन्तै सही काम ग¥यौँ । कम्युनिस्ट आन्दोलनलाई जोगायौँ । गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ र सिंगो देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ । हाम्रो भुमिकालाई स्थापित गरेका छौँ ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भुमिकालाई स्थापित गरेको बताउनु भयो । उहाँले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताउनु भयो । आगमी दिनमा पार्टीको सिट संख्या बढ्ने उहाँको भनाई छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: news@pulsekhabar.com

बिज्ञापनको लागी:

9862006206