१८ आषाढ २०८३, बिहिबार

देशका विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Logo
Pulse Khabar बिहिबार, आषाढ १८, २०८३

काठमाडौं:देशभर मनसुनी वायु सक्रिय रहेकाले अधिकांश स्थानमा बदलीसँगै वर्षा हुनसक्ने सम्भावना बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) बिहान गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र, देशका विभिन्न पहाडी भू–भाग तथा कोशी, मधेश र बागमती प्रदेशका केही तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाले बिहीबार दिनभर पनि मनसुनको प्रभाव कायम रहने जनाएको छ ।यसको प्रभावका कारण देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ ।यस्तै, लुम्बिनी प्रदेशका तराईका केही स्थान तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्ने मौसमविद्को प्रक्षेपण छ ।

विशेषगरी बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । ती क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।भारी वर्षाका कारण पहिरो, भूक्षय, सडक अवरोध तथा साना नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले यात्रा र दैनिक गतिविधिमा विशेष सावधानी अपनाउन सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206