१७ आषाढ २०८३, बुधबार

बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क: रोपाइँ छाडेर ज्यान जोगाउन स्थानीय त्रसित

Logo
Pulse Khabar बुधबार, आषाढ १७, २०८३

विराटनगर: झापाको बाहुनडाँगी क्षेत्रमा जङ्गली हात्तीको बढ्दो आतङ्कका कारण स्थानीयवासी त्रसित बनेका छन् ।

हुलका हुल जङ्गली हात्ती त्यहाँ प्रवेश गरी स्थानीयका बाली नष्ट पारिदिने र मान्छे समेतलाई आक्रमण गर्ने डरले स्थानीयमा चिन्ता बढाएको हो । हात्तीको आक्रमणबाट विगतमा २९(उनन्तिस ) जना र यस वर्ष दुई जना गरी हालसम्म ३१ जनाले अकालमै ज्यान गुमाइसकेका छन् । हमलाबाट जनतालाई जोगाउन यसअघि नेपाल सरकारको पहलमा मेची नदीको पश्चिम किनारमा १७ दशमलव १४ किमीमा सोलार फेन्सी तार जडान गरिएको थियो । हाल सोलारप्यानल जीर्ण अवस्थामा पुगेको छ । बालीनाली नष्ट गर्ने, घर तोडफोड गर्ने र मानिसको ज्यानैसमेत लिने तथा चौपाया समेतलाई आक्रमण गर्ने हात्तीलाई सरकारले प्रवेश गर्नबाट तत्काल रोक्नुपर्ने बताउनुहुन्छ, स्थानीय रमेश दाहाल ।

जिल्ला प्रशासन कार्यालय, झापाले त्यस क्षेत्रमा द्रुत प्रतिक्रिया टोली (आरआरटी), परिचालन गरेको बाहुनडाँगी गाविसका पूर्वध्यक्ष नीलकण्ठ तिवारीले जानकारी दिनुभयो । अतिरिक्त प्रशासनले जनपद र सशस्त्र प्रहरीको टोली त्यसतर्फ पठाउने गरेको छ । स्थानीयले हात्तीबाट जोगिन र बालीनाली जोगाउन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रधानमन्त्री, जिल्ला प्रशासन कार्यालय झापामासमेत ज्ञापनपत्र बुझाईसकेका छन् । यहाँका जनताले ४० वर्षदेखि जङ्गली हात्तीको आतङ्क व्यहोर्दै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206