१५ आषाढ २०८३, सोमबार

चितवन र मकवानपुरका २१ उत्कृष्ट किसान पुरस्कृत: कृषि क्षेत्रमा नयाँ आयाम थप्नेहरू सम्मानित

Logo
Pulse Khabar सोमबार, आषाढ १५, २०८३

भरतपुर: चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत भएका छन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ चितवनले परियोजना लागू भएपछि कृषि वस्तुको उत्पादन, उत्पादकत्व र व्यवसायीकरण प्रवर्द्धन गर्न उत्कृष्ट भूमिका खेलेका किसानलाई धान दिवसको अवसर पारेर पुस्कृत गरेको हो ।पुरस्कृत हुनेमा तरकारी, माछा, धान, केरा, मौरीपालनमा व्यावसायिक रूपमा लागेका किसान रहेका छन् । उनीहरूलाई रु १० हजार नगद, प्रमाणपत्र र दोसल्ला ओडाएर पुरस्कृत गरिएको कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीले जानकारी दिनुभयो । पुरस्कृत हुनेमा सबैभन्दा तरकारी र धान जोनका किसान बढी छन् । कालिका–६ का मोरीपालक कृषक शिवप्रसाद शर्मा, कालिका–१० का गोगन श्रेष्ठ र खैरहनी–१० का विकाश ढकाल पुरस्कृत हुनुभएको छ । तरकारी जोनतर्फ मकवानपुरको थाहा–१ का सुमन गोपाली, थाहा–२ का निरोज प्रधान, थाहा–१० का भीमलाल गोपाली, भरतपुर–२८ की मीनाकुमारी चौधरी, भरतपुर–२६ का दीपकप्रसाद तिमल्सिना र भरतपुर–२४ का ईश्वरीप्रसाद न्यौपाने पुरस्कृत हुनुभएको छ ।

धान जोनतर्फ हेटौँडा–१८ की सावित्री न्यौपाने, हेटौँडा–१७ की कमलाकुमारी सापकोटा, मनहरी–६ का गोरखनाथ श्रेष्ठ, चितवनको खैरहनी–१३ का सूर्यबहादुर बोगटी, राप्ती–की प्रतिभा पाण्डे आचार्य, रत्ननगर–६ का डम्बर महत्तो पुरस्कृत भएको रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार माछा जोनतर्फ माडी–७ का खगेन्द्रप्रसाद अधिकारी, माडी–३ का दयाराम महत्तो र माडी–१ का सुरज महत्तो पुरस्कृत हुनुभएको छ । केरा जोनतर्फ कालिकाका टङ्कप्रसाद लामिछाने, रत्ननगर–११ का खेलप्रसाद भट्ट र भरतपुर–२८ का सुन्दरप्रसाद न्यौपाने पुरस्कृत भएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206