१५ आषाढ २०८३, सोमबार

लागुऔषधविरुद्धको महाअभियान: टिकटक प्रतियोगिताका विजेतालाई सम्मान

Logo
सौरभ फुयल सोमबार, आषाढ १५, २०८३

विराटनगर: लागू औषध दुव्र्यसनविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको लागू औषध विरुद्धको महाअभियान (मेगा क्याम्पेन अगेन्स्ट नार्कोटिक्स – मेगा क्यान् ),२०८३’ अन्तर्गत आयोजित टिकटक प्रतियोगिताका विजेताहरूलाई पुरस्कार वितरण गरिएको छ।

विराटनगर महानगरपालिका–७ स्थित जैन भवनमा सम्पन्न कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक(डीआईजी) विनोद घिमिरेको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको हो।मोरङ जिल्ला प्रहरी कार्यालयले गत जेठ १० गते घोषणा गरेको प्रतियोगितामा लागू औषधविरुद्ध सकारात्मक सन्देश दिने उद्देश्यका टिकटक भिडियोहरू प्राप्त भएका थिए। मूल्याङ्कन समितिको निर्णयअनुसार आयुषा विक प्रथम, हिरा बहादुर विक द्वितीय, शंकर कुमार शर्मा तृतीय, अनिष श्रेष्ठ चौथो तथा रोशन दाहाल पाँचौं स्थान हासिल गर्न सफल भएका छन्। विजेताहरूलाई नगद पुरस्कार प्रदान गर्दै सम्मान गरिएको थियो भने उत्कृष्ट २० भित्र पर्न सफल अन्य सहभागीलाई गिफ्र्ट हिम्पर वितरण गरिएको छ।कार्यक्रमलाई सम्बोधन गर्दै (डीआईजी) विनोद घिमिरेले लागू औषधविरुद्धको अभियानमा नयाँ माध्यमको प्रयोग गर्दै टिकटक मार्फत जनचेतना फैलाउने प्रयास पहिलो पटक गरिएको बताउनुभयो। उहाँले सामाजिक सञ्जालमार्फत तयार गरिएका यस्ता सकारात्मक सन्देशमूलक सामग्री समाजमा छिटो प्रभाव पार्ने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।

उहाँले कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटवाललाई धन्यवाद दिँदै सम्पूर्ण सहभागीहरूलाई समेत बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।कार्यक्रममा मोरङ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक कवित कटवाल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय मोरङका उप–अनुसन्धान निर्देशक राजन शर्मा चापागाईं, उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, विभिन्न सरकारी कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी–व्यवसायी, संघ–संस्थाका प्रतिनिधि तथा प्रतियोगिताका सहभागीहरूको उपस्थिति रहेको थियो।प्रहरीले यस्ता सिर्जनात्मक प्रतियोगितामार्फत युवापुस्तामा लागू औषध दुव्र्यसनविरुद्ध सचेतना फैलाउने र समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको जनाएको छ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206