२९ जेठ २०८२, बिहिबार

मेलम्चीको पानी काठमाडौं पठाउन रोकियो

Logo
Pulse Khabar मंगलबार, आषाढ ११, २०८१

काठमाण्डौ  । मेलम्चीमा बाढी आएपछि खानेपानी काठमाण्डौमा पठाउन बन्द गरिएको छ । मनसुन सक्रिय भएसँगै पानी पर्न थालेको र मेलम्चीमा बाढीसमेत आएकाले पानी काठमाडौं पठाउन बन्द गरिएको आयोजनाले जनाएको छ ।

वर्षासँगै बाढीले पु¥याउनसक्ने क्षति कम गर्न पानी बन्द गरिएको हो । सिन्धुपाल्चोकको अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वारलाई बन्द गरिएको छ । पानी पनि धमिलो हुन थालेको छ ।

आयोजनासम्म जाने पुल बगाएपछि आयोजनालाई सुरक्षित गर्न हिजोदेखि पानीको आपूर्ति बन्द गरिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो ।

यसअघि असार लागेसँगै आपूर्ति बन्द गर्ने भनिए पनि ठूलो पानी नपरेका कारण त्यति बेला बन्द गरिएको थिएन । लामिछानेका अनुसार परामर्शदाता तथा एशियाली विकास बैंक (एडीबी) ले मनसुनी जोखिमबाट आयोजनालाई जोगाउन मेलम्ची बन्द गर्न सुझाव दिएका थिए ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको ’हेडवर्कस’मा हुनसक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा शुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: news@pulsekhabar.com

बिज्ञापनको लागी:

9862006206