१४ आषाढ २०८३, आइतबार

इरानको आक्रामकताले उसैको अस्तित्वमा खतरा निम्त्याउनेछ : राष्ट्रपति ट्रम्प

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्ला केही घण्टामा बढेको इरानको आक्रामकताले उसलाई राम्रो नगर्ने बताउनुभएको छ ।

उहाँले शनिबार ‘यदि संयुक्त राज्य अमेरिकालाई युद्ध पुनः सुरु गर्न ‘बाध्य’ पारियो भने इरान ‘अब अस्तित्वमा रहने छैन’।यो चेतावनी अमेरिकी सेनाले स्ट्रेट अफ हर्मुजमा इन्धन ढुवानीका लागि गएको पानामाको जहाजमाथि भएको आक्रमणको जवाफमा शनिबार इरानका ‘केही भाग’ माथि आक्रमण गरेको भन्ने जानकारीपछि आएको हो ।“इरानले फेरि पनि शान्ति सम्झौताको उल्लङ्घन गरेको छ बदलामा संयुक्त राज्य अमेरिकाको विमानले इरानी मिसाइल र ड्रोन तथा तटीय राडार भण्डारण स्थलहरूमाथि आक्रमण गरेको छ ।

राष्ट्रपति ट्रम्पले लेख्नुभएको छ, “हामीले जति नै तर्कसङ्गत हुन खोजे पनि, एउटा बिन्दु आउन सक्छ, त्यतिबेला हामीले सैन्य रूपमा अत्यन्त सफलतापूर्वक सुरु गरेको काम पूरा गर्न बाध्य हुनेछौँ । यदि त्यसो भयो भने, ‘इस्लामिक रिपब्लिक अफ इरान’ अब अस्तित्वमा रहने छैन!”

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206