१४ आषाढ २०८३, आइतबार

विराटनगरमा अत्याधुनिक स्वास्थ्य सेवासहित ‘मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल’ सञ्चालनमा

Logo
Pulse Khabar आइतबार, आषाढ १४, २०८३

विराटनगर । विराटनगरमा ‘मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल’ सञ्चालनमा आएको छ ।

विराटनगर–९(नौ )  हस्पिटल चोकमा सञ्चालनमा रहँदै आएको ‘मकालु हस्पिटल’को नाम र व्यवस्थापकीय परिवर्तन गर्दै नयाँ हस्पिटल ‘मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटल’ सञ्चालनमा आएको हो ।हस्पिटलका उपाध्यक्ष गोविन्द लुइँटेलले चर्चित र वरिष्ठ चिकित्सकसहितको टोलीले हस्पिटल सञ्चालनमा ल्याएको बताए । उनले ०७६ सालमा सेवा दिँदै आएको ‘मकालु हस्पिटल’ को नयाँ नामसहित व्यवस्थापकका साथै चिकित्सकहरू भित्र्याएको प्रस्टाए ।बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. ज्ञानेन्द्र गिरी, यौन, छाला तथा सौन्दर्य विशेषज्ञ वरिष्ठ डा. अभिनारायण घिमिरे, नशा तथा हाडजोर्नीका डा. प्रदीपकुमार गुप्तासहितको नयाँ चिकित्सक टोलीले मेट्रो न्युरो ट्रमा एन्ड मल्टिस्पेसियालिटी हस्पिटलमा सेवा दिने लुइँटेलले बताए ।

यसअघि हस्पिटलमा डा. यज्ञराज खरेल, डा. दिनेश न्यौपाने, डा. धिरज ठाकुर, डा. सञ्जीव मण्डल, डा. उत्तम देवलगायतका चिकित्सकहरूले स्वास्थ्य सेवा दिँदै आएका थिए ।नयाँ व्यवस्थापनका साथ सुरु भएको अस्पतालले जनहितका लागि सोमबार आधारभूत ल्याब जाँच निःशुल्क गरेको हस्पिटल प्रशासनले जनाएको छ । हामी स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्न र सबै प्रकारका बिरामीलाई एकै थलोमा उपचार गराउने उद्देश्यका साथ एकत्रित भएका छौँ, उपाध्यक्ष लुइँटेलले भने, ‘हाम्रो टोलीले स्वास्थ्य क्षेत्रमा धेरै काम गर्ने सोच बनाएको छ ।’विराटनगर ‘हेल्थ हब’ का रूपमा विकास भइरहेको बेला गुणस्तरीय स्वास्थ्य सेवा दिने उद्देश्य राखेर हस्पिटल सञ्चालनमा ल्याएको अध्यक्ष डा. ज्ञानेन्द्र गिरीले बताए ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206