१८ बैशाख २०८२, शुक्रबार

गण्डकी प्रदेशको बजेटमा आगो लगाउने एमाले सांसदको चेतावनी

Logo
Pulse Khabar मंगलबार, आषाढ ११, २०८१

पोखरा । गण्डकी प्रदेश सभामा नेकपा एमालेका सांसद कृष्ण पाठकले बजेटका कार्यक्रम नसच्याए बजेट पुस्तिकामा आगो लगाउने धम्की दिनुभएको छ ।

मंगलबार प्रदेशसभामा भएको आर्थिक वर्ष २०८१/८२ को बजेटमाथिको छलफल कार्यक्रममा उहाँले बजेटको वार्षिक विकास कार्यक्रम नसच्याए आगो लगाउने चेतावनी दिनुभएको हो ।

सरकारले मनपरी बजेट पारेको भन्दै सांसद पाठकले कार्यक्रम नसच्याए च्यात्नेमात्रै होइन, धुजा धुजा पारेर आगो नै लगाउने चेतावनी दिनुभएको हो । सरकारले वितरणमुखी बजेट ल्याएको पाठकको भनाइ छ ।

बजेटमा स्वार्थैस्वार्थ लुकेको र मुख्यमन्त्री तथा मन्त्रिपरिषदका कार्यालयका कर्मचारीको अनुहार छ्याङ्गै देखिएको पाठकले बताउनुभयो । यो बजेटमा समावेश विनियोजित विधेयक छलफलै गर्न योग्य नरहेको पाठकको भनाइ छ ।

‘हामी कहिलेबाट सुध्रने ? आर्थिक अनुशासन पालना गर्नु नपर्ने ? सत्ता जोगाउन अनेक खेल खेल्नुपर्ने, प्रतिपक्षलाई पेल्नपर्ने ? यो खालको संस्कृतिको कहिले अन्त्य गर्ने ?’, भन्दै आक्रोश पोख्नु भएका सांसद पाठकले सरकारलाई धेरै घमण्ड नदेखाउने चेतावनी दिनुभयो ।

पाठकले बजेटमा सांसदबीचमै भेदभावपूर्ण व्यवहार सुधार्न सरकारलाई आग्रह गर्नुभयो । मुख्यमन्त्रीकै सचिवालयका मानिसले १० औं करोड रुपैयाँ बाँडेको पाठकको आरोप छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206