१२ आषाढ २०८३, शुक्रबार

सुनको मूल्यमा वृद्धि, चाँदी भने सस्तियो

Logo
Pulse Khabar शुक्रबार, आषाढ १२, २०८३

विराटनगर:  नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको प्रतितोला ८ सय रूपैयाँले बढेको हो । भाउ बढेसँगै सुन तोलाको २ लाख ७९(सन्तान्नब्बे ) हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ७८ हजार ३ सय रूपैयाँ थियो ।सुनको मूल्य केही दिन ओरालो लागेर बिहीबार बढेको हो । अघिल्लो दिन सुनको मूल्यमा भारी गिरावट आएको थियो । तर, बिहीबार भने भने भाउ सामान्य हिसाबले बढेको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ४ हजार १ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय ३५ रूपैयाँ थियो । चाँदीको मूल्य केही दिनदेखि निरन्तर घटिरहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206