१० आषाढ २०८३, बुधबार

वीरगञ्ज महानगरको नयाँ फड्को: आगामी वर्षका लागि ४ अर्ब ४२ करोडभन्दा बढीको बजेट सार्वजनिक

Logo
Pulse Khabar बुधबार, आषाढ १०, २०८३

वीरगञ्ज (पर्सा): वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु चार अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ ।

आज आयोजित नगरसभाको २०औँ अधिवेशनमा महानगरका कार्यवाहक प्रमुख इम्तियाज आलम तर्फबाट नगर कार्यपालिका सदस्य जगत साहले रु चार अर्ब ४२ करोड ३४ लाख ६९(उनन्सत्तरी ) हजारको अनुमानित बजेट सार्वजनिक गर्नुभयो । प्रस्तुत बजेटअनुसार पुँजीगत खर्चतर्फ रु एक अर्ब ९६(छयान्नब्बे ) करोड ९९ (उनान्सय )लाख ८४ हजार अर्थात् ४४.६ प्रतिशत तथा वित्तीय व्यवस्थापनतर्फ रु पाँच करोड अर्थात् १.१ प्रतिशत बजेट छुट्याइएको छ । त्यसैगरी चालु खर्चतर्फ रु दुई अर्ब ४० करोड ३४ लाख ६९(उनन्सत्तरी ) हजार अर्थात् कूल बजेटको ५४.३ प्रतिशत विनियोजन गरिएको छ । सङ्घीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ९८(अन्ठान्नब्बे) करोड २९(उनन्तिस ) लाख, आन्तरिक राजस्वबाट रु एक अर्ब ४८ करोड, सङ्घीय राजस्व बाँडफाँटबाट रु २४ करोड ६८ लाख ८३ हजार रूपैयाँ छ । प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु पाँच करोड २८ हजार तथा प्रदेश राजस्व बाँडफाँटबाट रु एक करोड ६७ लाख १४ हजार प्राप्त हुने अनुमान गरिएको छ । त्यसअघि नगरसभामा कार्यवाहक प्रमुख आलमले आगामी आर्थिक वर्षका लागि महानगरको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु ४५ करोड, गत वर्षको नगद मौज्दातबाट रु चार करोड ६९(उनन्सत्तरी ) लाख ४४ हजार तथा नगर विकास कोषबाट १५ करोड रूपैयाँ व्यवस्थापन गरिने बजेटमा उल्लेख गरिएको छ । आलमकै अध्यक्षतामा सम्पन्न नगरसभाको २०औँ अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर बोहरा, नगर कार्यपालिका सदस्य, महानगरका ३२ वटै वडाका वडाध्यक्ष तथा वडा सदस्य, कर्मचारीलगायतको सहभागिता रहेको थियो । आज प्रस्तुत वीरगञ्ज महानगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रमममा पूर्वाधार विकास, वन तथा वातावरण, विपद् व्यवस्थापन, आर्थिक विकास, सामाजिक विकास र सुशासनमा जोड दिइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206