काठमाडौं :साताको पहिलो दिन नेपाली बजारमा सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।
आइतबार सुनको मूल्यमा ६०० रुपैयाँ र चाँदीको मूल्यमा ५० रुपैयाँले वृद्धि भएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर दुई लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।
शुक्रबार चार हजार ६४० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा ५० रुपैयाँले बढेर चार हजार ६९० (छ सय नब्बे) रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
