०१ माघ २०८२, बिहिबार

सार्वजनिक जग्गाको सीमाकंनसहितको अभिलेख अद्यावधिक गर्न सरकारलाई निर्देशन

Logo
Pulse Khabar शुक्रबार, जेठ २५, २०८१

काठमाडौं । संसदीय समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको सीमाङ्कन सहितको नक्शाङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, सामुदायिक र गुठी जग्गाहरुको सीमाङ्कन सहितको नक्शाङ्कनको अभिलेखिकरण अद्यावधिक गर्न, गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको हो ।

यसरी अद्यावधिक गर्दा सूचना प्रविधिको प्रयोग गर्न, तथ्य तथ्याङ्कमा शुद्धता कायम गर्न र समितिले उपलब्ध गराएको ढाँचामा उल्लेखित विवरण समितिलाई उपलब्ध गराउन पनि निर्देशन दिइएको छ ।

त्यसैगरी, जग्गाहरुको अभिलेखिकरण, प्रयोग र संरक्षणमा तीनै तह र संवद्ध निकायहरु बीच नीतिगत तथा समन्वयगत स्पष्टता कायम गराउन समितिको निर्देशन रहेको समिति सभापति ऋषिकेश पोखरेलले बताउनु भयो ।

त्यसैगरी समितिले सार्वजनिक तथा सरकारी जमिनहरुलाई कुनैपनि कारण दुरुपयोग हुनबाट रोक्न, अतिक्रमण, कब्जा र सार्वजनिक सम्पतीको दुरुपयोग गर्नेलाई यशाशिघ्र कारबाही गर्न पनि निर्देश गरेको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206