०६ आषाढ २०८३, शनिबार

रातो मच्छिन्द्रनाथको भोटोजात्रा आज : भोटो देखाएसँगै यसवर्षको रथयात्रा सम्पन्न हुँदै

Logo
Pulse Khabar शनिबार, आषाढ ०६, २०८३

काठमाण्डौ : ललितपुरको जाउलाखेलमा रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज हुँदैछ ।

रातो मच्छिन्द्रनाथको रथयात्रा अन्तर्गत आज राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले आज भोटो देखाएपछि औपचारिक रूपमा जात्रा सम्पन्न हुनेछ ।नेपालको सबैभन्दा लामो सांस्कृतिक–धार्मिक पर्वका रूपमा परिचित रातो मच्छिन्द्रनाथको भोटो आज दिउँसो ४ बजेपछि देखाउने तयारी छ । भोटो सर्वसाधारण तथा विशिष्ट अतिथिलाई प्रदर्शन गर्ने गरिन्छ । वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथको मूर्तिलाई ३२ हात अग्लो रथमा विराजमान गराई पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेलसम्म परिक्रमा गराइएको थियो ।यसैक्रममा रथलाई जावलाखेल पु¥याएको चौथो दिनमा भोटो प्रदर्शन गर्ने प्रचलन रहेको छ । आजै भोटो जात्रा सकिएसँगै रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ । साथै मिननाथलाई भने रथमै राखेर पाटनको टंगल टोलमा रहेको मन्दिरमा लगेर राखिनेछ ।

रातो मच्छिन्द्रनाथको भोटो जात्राका दिन उपत्यकाका विभिन्न ठाउँबाट आएकाहरु ललितपुरको जावलाखेलमा आएर भोज खाने प्रचलन छ । विगतका वर्षमा आजका दिन चिडियाखाना र जावलाखेल खेलमैदानमा भोज खाने गरेपनि यसपाली भने खेल मैदानमा मात्रै भोज खानुपर्ने बाध्यता छ ।जावलाखेलको सदर चिडियाखानामा रहेका केही जिवजन्तुमा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि चिडियाखाना हिजोदेखि अनिश्चीतकालका लागि बन्द गरिएको छ । चिडियाखाना परिसर आज सुनसान छ । चिडियाखानामा विशेषगरी नयाँ वर्षको दिन र भोटो जात्राको दिन उल्लेखनिय भिड लाग्ने गर्छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206