०५ आषाढ २०८३, शुक्रबार

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चार अध्यादेश पारित

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

काठमाण्डाै :प्रतिनिधिसभा र राष्ट्रियसभाको आजको बैठकबाट चार वटा अध्यादेश स्वीकृत भएकाे छ ।

सरकारले सङ्घीय संसद्को चालू अधिवेशन शुरू हुनु अगाडि आठ वटा अध्यादेश ल्याएको थियो । ती अध्यादेश अधिवेशन शुरू भएकै दिन गएको वैशाख २८ गते प्रतिनिधिसभा र राष्ट्रियसभामा पेश भएका थिए ।प्रतिनिधिसभा र राष्ट्रियसभाले सार्वजनिक खरिद (दोस्रो संशोधन), सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन), सहकारी (पहिलो संशोधन) र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश स्वीकृत गरेकाे हाे ।

राष्ट्रियसभामा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थिति छैन । तर राष्ट्रियसभाले पनि सरकारले ल्याएका अध्यादेशलाई स्वीकृत गरेर अध्यादेश प्रतिस्थापन विधेयक ल्याउने बाटो खुला गरिदिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206