०५ आषाढ २०८३, शुक्रबार

डोटीको बुडरमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस स्थापना

Logo
Pulse Khabar शुक्रबार, आषाढ ०५, २०८३

काठमाडौँ: डोटीको जोरायल गाउँपालिका–२ स्थित बुडरमा सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन वेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी नं. ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिगविजय सुवेदीले उक्त वेश उद्घाटन गर्नुभएको हो ।डोटीको सदरमुकाम सिलगढीबाट करिब १३५ किलोमिटर पश्चिम दक्षिणी भेकमा स्थापना गरिएको सो वेसमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् उद्धारका आवश्यक सामग्रीसहितको टोली खटिएको सशस्त्रका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो । यससँगै सशस्त्र प्रहरीमा विपद् व्यवस्थापन वेसको सङ्ख्या १६ पुगेको छ । जसमध्ये बागमतीमा चार, सुदूरपश्चिममा तीन, कोशी, मधेस, गण्डकी र कर्णालीमा दुई/दुई र लुम्बिनी प्रदेशमा एक वटा वेस स्थापना गरिएको छ ।

सशस्त्र प्रहरीले गत वैशाख महिनामा चतरा (सुनसरी), भारदह (सप्तरी), भकुण्डेवेशी (काभ्रेपलाञ्चोक), आरुघाट (गोरखा), बालडाँडा (जुम्ला) र डुडेझरी (कैलाली)मा विपद् व्यवस्थापन वेस स्थापना गरेको थियो ।धनकुटाको मुलघाट, बाराको निजगढ, धादिङको आदमघाट, सिन्धुलीको खुर्कोट, मकवानपुरको कुुलेखानी, म्याग्दीको नारच्याङ, दाङको भालुवाङ, सुर्खेतको चिप्ले र डडेलधुराको अमरगढीमा सशस्त्रको विपद् व्यवस्थापन वेस सञ्चालनमा छ । सिन्धुलीको खुर्कोट र म्याग्दीको नारच्याङ वेसमा सशस्त्रका गोताखोर तैनाथ छन् भने अन्यमा तालिम प्राप्त टोली रहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206