विराटनगर : नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ ।
सुनचाँदीको मूल्य केही दिनयता निरन्तर घटिरहेको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको १० हजार ५ सय रूपैयाँले घटेको हो । भाउ घटेसँगै सुन प्रतितोला २ लाख ८६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार २ लाख ९७(सन्तान्नब्बे ) हजार २ सय रूपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३ सय ५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य तोलाको ४ हजार ६ सय ४० रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार प्रतितोला ४ हजार ९ सय ४५ रूपैयाँ थियो ।
