०४ आषाढ २०८३, बिहिबार

रुसमाथि युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो युक्रेनी ड्रोन हमला

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

पूर्णस्तरीय युद्ध शुरू भएयता युक्रेनले रुसमाथि अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ ।

युक्रेनले रुसी राजधानी मस्को वरपरका लक्ष्यहरूमा झन्डै २०० वटा ड्रोन आक्रमण गरेको बीबीसीले जनाएको छ । मस्कोका गभर्नर आन्द्रेई भोरोब्योभका अनुसार आक्रमणमा १७ जना घाइते भएका छन् । रुसी रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा युक्रेनले प्रहार गरेका झन्डै १ हजार ड्रोन र क्रुज मिसाइल खसालेको बताएको छ । यही समयमा दक्षिणी रोस्तोभ क्षेत्रमा रहेको तेल भण्डारण केन्द्रमा भएको आक्रमणमा एक जनाको ज्यान गएको खबरमा उल्लेख छ ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अब युद्ध अन्त्य गर्ने समय आएको र रुसले कूटनीतिको क्षेत्रमा आवश्यक कदम चाल्नुपर्ने बताउनुभएको छ । उहाँले आफूहरूले युद्ध नचाहेको तर युक्रेन जल्यो भने रुस पनि जल्ने चेतावनी दिनुभयो ।सन् २०२२ को फेब्रुअरी २४ देखि रुस र युक्रेनबीच पूर्णस्तरको युद्ध शुरू भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206