०४ आषाढ २०८३, बिहिबार

व्यवसायिक पशुपालक किसानहरूलाई ५० प्रतिशत अनुदानमा ‘चापकटर र काउम्याट वितरण

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

सुरुङ्गा : बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ ।

नगरपालिकाको ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत ३० जना कृषकलाई घाँस काट्ने चापकटर र ६५ जना कृषकलाई काउम्याट वितरण गरिएको छ । नगरप्रमुख पवित्रा प्रसाई (महतारा) र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले संयुक्त रूपमा कृषकलाई ती सामग्री हस्तान्तरण गर्नुभयो । नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमले पशुपालन व्यवसायलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।नगरप्रमुख प्रसाईले नगरपालिकाबाट सहुलियतमा प्राप्त सामग्रीको अधिकतम सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो । उहाँले आधुनिक प्रविधि र उपकरणको प्रयोगले पशुपालन व्यवसायलाई सहज, उत्पादनशील र आम्दानीमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालका अनुसार चापकटर प्राप्त गर्न २५० तथा काउम्याटका लागि ९२ वटा निवेदन परेको थियो । उहाँका अनुसार प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीले कृषकका गोठ, पशुधनको अवस्था, व्यवसायको प्रकृति तथा सामग्रीको आवश्यकतासम्बन्धी स्थलगत अनुगमन गरी निर्धारित मापदण्ड पूरा गरेका कृषकलाई ती सामग्री उपलब्ध गराइएको हो ।

चापकटरले पशुका लागि घाँस तथा पराल काट्ने कार्यलाई छिटो, सहज र श्रम बचत हुने बनाउने तथा काउम्याटको प्रयोगले गोठलाई सफा र व्यवस्थित राख्न र पशुलाई स्वस्थ्य तुल्याइ दूध उत्पादनमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास गरिएको छ ।नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिँदै कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यस्ता लागत साझेदारीका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।आधुनिक कृषि प्रविधि र उपकरणमा कृषकको पहुँच विस्तार गरी उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206