

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेस प्रदेशमा केन्दीय सत्ता समीकरणकै आधारमा सरकार निर्माण हुने बताउनुभएको छ ।
बिहीवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केन्द्रको समीकरण भन्दा बाहिर गएर मधेस प्रदेशमा पनि अर्को सरकार नबन्ने दाबी गर्नुभयो । उहाँले नकेपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितको बैठकमा सहभागी हुनुलाई असहज रुपले नलिएको बताउनु भयो । उहाँले अध्यक्ष नेपाल पहिलाबाटै कहिले यता र उता जोडिने जस्तो देखिएपनि अहिलेको समीकरण भन्दा बाहिर नजानेमा स्पष्ट रहेको बताउनु भयो ।
उहाँले कोशी प्रदेशलाई बजेट कम भयो भन्नेकुरा सही नभएको बताउनु भयो । उहाँले प्रदेशको आवश्यकता र परिस्थितिअनुसार पर्याप्त बजेट विनियोजन गरेको बताउनु भयो ।