०४ आषाढ २०८३, बिहिबार

रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानिएर पुग्यो जावलाखेल

Logo
Pulse Khabar बिहिबार, आषाढ ०४, २०८३

काठमाण्डौ : वर्षा र सहकालका देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ ।

हिजो दिउँसोदेखि रथ तान्न शुरु गरेर बेलुकी जावलाखेल पुर्‍याइएको हो । रथलाई हिजो जावलाखेल पुर्‍याइएपछि अब पर्सि शनिवार भोटो जात्रा मनाइन्छ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टंगल लगिनेछ । त्यससँगै यस वर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । रथलाई लगनखेलबाट जावलाखेल तान्नको लागि गएको वैशाख २४ गते ज्योतिषहरूले हिजोको साइत निकालेका थिए । यस वर्ष रथजात्रा गएको वैशाख ५ गते मूर्तिलाई रथमा रथारोहण गरेर ८ गतेदेखि रथ तानेर शुरु भएको हो ।

रातो मच्छिन्द्रनाथको जात्रा देशकै सबैभन्दा लामो जात्रा हो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206