०२ आषाढ २०८३, मंगलबार

घरजग्गा कारोबारबाट जेठ महिनामा ५ अर्ब २४ करोड रुपैयाँ राजस्व सङ्कलन

Logo
Pulse Khabar मंगलबार, आषाढ ०२, २०८३

काठमाडौँ: देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा रु पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ ।यस्तै, रजिष्ट्रेसन दस्तुरबाट रु दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट रु दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सङ्कलन गरेको छ ।विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले रु ३४ करोड ४४ हजार, टोखाले रु १० करोड ९९(उनान्सय) लाख २३ हजार, चाबहिलले रु ३१ करोड ४२ लाख १९(उन्नाइस) हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।

विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल रु छ अर्ब २६ करोड ३८ लाख २९(उनन्तिस) हजार ८७३ बराबरको राजस्व सङ्कलन गरेका थिए ।यस्तै, गत चैतमा कुल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व सङ्कलन गरेका थिए । त्यस्तै, गत फागुनमा रु चार अर्ब १४ करोड ९५ (पन्चान्नब्बे ) लाख ४८ हजार ९३२(नौ सय बत्तीस) र गत माघमा भने रु पाँच अर्ब ९९(उनान्सय) लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206