०२ आषाढ २०८३, मंगलबार

५३ औं स्थापना दिवस मनाउँदै नेपाल औषधि व्यवसायी संघ मोरङ, सप्ताहव्यापी कार्यक्रम सार्वजनिक

Logo
Pulse Khabar मंगलबार, आषाढ ०२, २०८३

विराटनगर: नेपाल औषधि व्यवसायी संघ मोरङले आफ्नो ५३ औं स्थापना दिवस भव्य रूपमा मनाउन सप्ताहव्यापी कार्यक्रमहरूको घोषणा गरेको छ।

संघले मङ्गलवार विराटनगरमा पत्रकार सम्मेलन गरेर असार ४ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक तथा जनचेतनामूलक कार्यक्रमसहित आयोजना गर्न लागेको सप्ताहव्यापी कार्यक्रमको कार्यतालिका सार्वजनिक गरेको छ । सन् १९७३ (वि.सं. २०३०) मा स्थापना भएको यस संघले हरेक वर्ष असार १० गते आफ्नो स्थापना दिवस मनाउँदै आएको छ। संघका अध्यक्ष देशबन्धु ढकालले कार्यक्रम अन्तर्गत असार ४ गते कोशी अस्पतालको बाल विभाग तथा कुपोषण शाखामा फलफूल वितरण गर्ने कार्यक्रम रहेको बताए ।असार ५ गते विराटनगर–१६ स्थित मिल्स माध्यमिक विद्यालयमा लागूऔषध तथा मनोद्विपक औषधिबारे जनचेतनामूलक कार्यक्रम आयोजना गरिने। त्यस्तै, असार ६ गते जिल्ला ट्राफिक कार्यालय, विराटनगरमा लागू पदार्थ परीक्षण किट तथा ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गरिने । असार ७ गते बेलबारी नगरपालिकामा औषधिको समुचित प्रयोग, भण्डारण तथा बिक्री–वितरणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सञ्चालन गरिने। असार ८ गते विराटनगर–५ स्थित मानव सेवा आश्रममा भोजन व्यवस्थापन तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रम हुनेछ भने असार ९ गते विराटनगर–७ को हस्पिटल चोकमा रक्तदान कार्यक्रम आयोजना गरिने । र सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन असार १० गते बिहान प्रभातफेरी, झण्डोत्तोलन तथा औपचारिक समापन समारोह आयोजना गरिने साथै सोही दिन साँझ दीप प्रज्वलन कार्यक्रमसँगै कार्यक्रमको समापन गरिनेछ।

संघले यी कार्यक्रमहरू मार्फत औषधि व्यवसायी क्षेत्रको सामाजिक उत्तरदायित्वलाई थप मजबुत पार्दै समाजप्रति योगदान पुर्‍याउने लक्ष्य राखिएको जनाएको छ। संघले सम्पूर्ण औषधि व्यवसायी, सरोकारवाला निकाय, पत्रकार तथा आम नागरिकहरूलाई कार्यक्रममा गरिमामय सहभागिताका लागि हार्दिक अनुरोध समेत गरेको छ।संघले स्थापना कालदेखि नै औषधि व्यवसायको प्रवद्र्धन, अनुशासन तथा सामाजिक उत्तरदायित्व वहन गर्दै आएको जनाएको छ। स्थापना दिवसलाई भव्य रूपमा मनाउने उद्देश्यले सात दिनसम्म विभिन्न स्वास्थ्य, सामाजिक तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न लागिएको संघले जनाएको छ। कार्यक्रममा नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाल, संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद तिम्सिना सहित संघका पदाधिकारीहरू पत्रकार सम्मेलनमा सहभागी थिए ।

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206