काठमाण्डौ :आज सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउ घटेको छ ।
सुन आज तोलामा ३०० रुपैयाँले बढेर तोलाको २ लाख ९८(अन्ठान्नब्बे ) हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार सुनको भाउ एकैदिन तोलामा ५ हजार रुपैयाँले बढेर तोलाको २ लाख ९८ (अन्ठान्नब्बे )हजार २०० रुपैयाँ पुगेको थियो ।हप्ताको पहिलो कारोबार दिन अस्ति आइतबार पनि सुनको भाउ बढेको थियो । त्यस्तै आज चाँदीको भाउ घटेको छ । चाँदी आज तोलामा २५ रुपैयाँले घटेको हो । भाउ घटेर चाँदी आज तोलाको ४ हजार ९९०(नौ सय नब्बे) रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
यसअघि हिजो चाँदी तोलामा १२० रुपैयाँले बढेर तोलाको ५ हजार १५ रुपैयाँमा कारोबार भएको थियो । अस्ति आइतबार चाँदी तोलाको ४ हजार ८९५ (आठ सय पन्चानब्बे ) रुपैयाँ रहेको थियो ।
