०१ आषाढ २०८३, सोमबार

शिक्षक सरुवा व्यवस्थापनमा कडाइ: शिक्षा मन्त्रालयद्वारा ३ बुँदे निर्देशन जारी

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

काठमाडौँ: शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्र शिक्षक व्यवस्थापन समन्वय महाशाखा भक्तपुरले शिक्षक सरुवा सम्बन्धी ३ बुँदे निर्देशन दिएको छ ।

देशभरका स्थानीय तहहरूलाई सोमबार पत्र लेख्दै महाशाखाले स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिएको छ ।त्यस्तै, महाशाखाले खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा गर्न भनेको छ । त्यसबाहेक ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन स्थानीय तहलाई निर्देशन दिएको छ ।

 

 

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206