०१ आषाढ २०८३, सोमबार

धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर

Logo
Pulse Khabar सोमबार, आषाढ ०१, २०८३

खोटाङ: जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ ।

गत चैत १८ गते विद्युत् ‘सर्ट’ हुँदा घर जलेपछि विस्थापित भएका डम्बर्खुशिवालयस्थित चण्डीथानका धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो ।डम्बर्खुशिवालयकी स्थानीय अभियन्ता कमला खड्काको पहलमा स्वदेश तथा विदेशमा रहेका दाताबाट जुटेको सहयोगमा धनबहादुरको परिवारका लागि नयाँ घर निर्माण गरिएको वडाध्यक्ष विदुरमान राईले जानकारी दिनुभएको छ । आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उहाँकी श्रीमती, छोराबुहारी, छोरी र नातिसहित छ जनाको परिवार विस्थापित भएका थिए । आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पुनः स्थापनाका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन अभियान थालिएको थियो । स्थानीय अभियन्ता खड्काले आगलागी भएकै दिनदेखि सामाजिक सञ्जाल ‘फेसबुक’मा धनबहादुरको घर पुनः निर्माणका लागि सहयोग अभियान थाल्नुभएको हो । सामाजिक सञ्जाल फेसबुकबाट सहयोगको आह्वान गरिएपछि धनबहादुरको घर पुनः निर्माणका लागि नगद, दाल, चामल र तेलसहित रु तीन लाख पाँच हजार १५७ सहयोग जुटेको अभियन्ता खड्काले जानकारी दिनुभएको छ् ।

आर्थिक तथा खाद्यान्न सहयोग जुटेपछि धनबहादुरका लागि तीनतिर बरन्डा भएको जस्तापाताको छानासहितको दुईतले नयाँ घर निर्माण गरिएको जनाइएको छ ।आगलागीमा घरसहित सम्पूर्ण सामग्री गुमाएर विस्थापित बनेका धनबहादुरको परिवार दाताको सहयोगमा निर्माण गरिएको नयाँ घरमा सरिसकेका छन् । आगलागी भएको तीन महिनामै दाताको सहयोगमा जस्तापातासहितको नयाँ घर पाएपछि उहाँका परिवार हर्षित भएका छन् । घरसँगै जलेको छोरी सुमिता र आफ्नो नागरिकताको प्रतिलिपिबाहेक अन्य डकुमेन्ट (प्रमाणपत्र) बनाउन बाँकी रहेको आगलागी पीडित धनबहादुरले जानकारी दिनुभएको छ । छोरा सुनिल र छोरी सुमिताको आगलागीमा जलेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्बन्धी प्रमाणपत्र र जग्गाधी लालपुर्जा निकाल्न बाँकी रहेको जनाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

श्री पल्स खबर प्रा लि
बिराटनगर – ५,मोरंग।
९८५२०२०७५७

[email protected]

सूचना प्रसारण विभाग

दर्ता प्रमाणपत्र नम्बर: ५०६५-२०८१/२०८२

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

सम्पादक  : नविन पहाडी

कार्यकारी सम्पादक : शशांक पौडेल

प्रमुख सम्वाददाता : सौरभ फुयल

बजार व्यवस्थापक :संजोग पौडेल

 

 

सम्पर्क

बिज्ञापनको लागी:

9862006206