१८ बैशाख २०८२, शुक्रबार

एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तीलकुमार मेन्याङ्वो

Logo
Pulse Khabar मंगलबार, जेठ १५, २०८१

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तीलकुमार मेन्याङ्वो चयन हुनु भएको छ ।

नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा बसेको दलको बैठकले दलको उपनेतामा मेन्याङ्वोलाई चयन गरेको हो ।

यस अघि राम राना दलको नेकपा एमाले कोशी प्रदेश संसदीय दलका उप नेता हुनुहुन्थ्यो । राना आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उप नेताको जिम्मेवारी मेन्याङ्वोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक कमला दर्नालले बताउनु भयो ।

राना २०८० वैशाख २० गते एमाले कोशी प्रदेश संसदीय दलको उप नेतामा चयन हुनु भएको थियो । दलको उप नेतामा चयन हुनु भएका मेन्याङ्वो नेकपा एमाले पोलिटब्युरो सदस्य हुनुहुन्छ । उहाँ ताप्लेजुङबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

यस्तै बैठकले कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सभामा ल्याउन लागेको नीति तथा कार्यक्रमका विषयमा सुझाव दिन ५ सदस्यीय कार्यदल बनाएको छ ।

संसदीय दलको बैठकले उप नेता तिलकुमार मेन्याङ्वोको संयोजकत्वमा ५ सदस्यीय कार्यदल बनाएको हो । कार्यदलमा सचेतक कमला दर्नाल, प्रदेश सभा सदस्य तिलचन पाठक, इन्द्रमणि पराजुली र जयप्रकाश चौधरी सदस्य हुनुहुन्छ ।

कार्यदलले आगामी आर्थिक वर्षका लागि सरकारले प्रदेश सभामा पेस गर्ने बजेट नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर सुझाव दिने छ । कार्यदलले १८ गते सम्ममा सुझाव दिइसक्ने सचेतक कमला दर्नालले बताउनु भयो ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206