२५ जेठ २०८२, आइतबार

गणतन्त्र दिवसमा प्रभातफेरि

Logo
Pulse Khabar मंगलबार, जेठ १५, २०८१

विराटनगर । १७ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारको आयोजनामा आज विराटनगरमा प्रभातफेरिको आयोजना गरिएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरि रोडशेष, बसपार्क हुँदै महेन्द्र चोक पुगेर समापन भएको थियो ।

प्रभातफेरिको समापन समारोहमा बोल्नुहुँदै सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलावल्लभ अधिकारीले गणतन्त्रलाई अझ बलियो बनाउदै लैजानुपर्ने बिषयमा जोड दिनुभयो ।

कोशी प्रदेशस्तरी मुल समारोह समितिको आयोजनामा सरकारले निकालेको प्रभातफेरि कार्यक्रममा भने सरकारका विभागीय मन्त्री, मुख्य सचिव, सचिवसहित सरकारका कर्मचारी, सुरक्षा निकाय र सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206