१७ बैशाख २०८२, बिहिबार

नीति तथा कार्यक्रम तोकिएकै समयमा आउँछ : मुख्यमन्त्री कार्की

Logo
Pulse Khabar मंगलबार, जेठ १५, २०८१

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याईने बताउनु भएको छ ।

नेपाली कांग्रेसले प्रदेश सभाको बैठकमा सहभागी नभए पनि कोशी प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने उहाँले बताउनुभयो । आज बसेको एमाले संसदीय दलको बैठकले कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकपछि दलका नेता तथा मुख्यमन्त्री कार्कीले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बैठक बहिष्कार गर्नु उचित नभएको बताउनुभयो ।

नेपाली कांग्रेसले हिक्मतकुमार कार्कीको नियुक्ति असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । रिट दायरपछि प्रदेश सभा बैठक बहिष्कार गर्दै आइरहेको छ ।

कोशी प्रदेश सभाको अर्को बैठक जेठ २१ मा बोलाइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

आउदै छ

टीमहरु

कार्यकारी निर्देशक : नवलप्रसाद उपाध्याय

 

सम्पर्क

विराटनगर ५ कोशी प्रदेश

9842023757

Email: [email protected]

बिज्ञापनको लागी:

9862006206